रत्ननगर विद्युतको लापरबाही : मिटरै जडान नगरी महसुल असुलीको प्रयास
रत्ननगर । नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रले महिला सहकारीहरुको नेतृत्व गरिरहेको एक संस्थाको कार्यालयमा मिटर जडानै नगरी महसुल असुलीको लागि विल पठाएको पाइएको छ । प्राधिकारणले रत्ननगर वडा नं १२ चिसापानी स्थित सामाजिक उद्यमी महिला सञ्जाल(सेवा नेपाल)को कार्यालयमा मिटर जडान नै नगरी महसुल असुलीको लागि विल काटेको हो । सो संस्थाले २०८० साउन ९ गते प्राधिकरणमा मिटर जडानको लागि निबेदन दिएर भदौ महिनामा २२ हजार रुपैया बुझाएको थियो । १५ केभिए र २५ एम्पीयर क्षमताको मिटर जडानको लागि सो संस्थाले २२ हजार रुपैया प्राधिकरणलाई बुझाएको थियो । २०८० भदौमा पैसा बुझाएको मिटर प्राधिकरणले २०८१ असार २५ गते संस्थाको…