पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात
काठमाडौँ,४ कात्तिक । पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोड गरेको उल्लेख छ । निषेधाज्ञा तोड्दै निकालिएको जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा पार्टीका कार्यकर्ताले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी महासंघमा प्राप्त भएको’ विज्ञप्तिमा लेखिएको छ । ‘नागरिकलाई सुसूचित…