चितवनमा भएको म्याराथन प्रतियोगितामा आर्मीका सञ्जय प्रथम
चितवन, ९ कात्तिक। जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको म्याराथन प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ । रोटरी क्लब अफ चितवनले आज आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको म्याराथनमा महिला र पुरुष तर्फ नेपाल आर्मी नै प्रथम भएको हो । पुरुष तर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन् । अन्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका गोरखा स्थायी घर भएका श्रेष्ठले निर्धारित दुरी ४५ मिनेट १६ सेकेण्डमा पुरा गरे । त्यस्तै मेलम्ची स्थायी घर भएका एपीएफका राजेन्द्र तामाङ द्धितीय भएका छन् । उनले ४५ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए । ४५ मिनेट २५ सेकेण्डमा निर्धारित…