बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

बाह्र केजी गाँजासहित दुई महिला पक्राउ

उदयपुरगढी गाउँपालिका–७ स्थित कमानबाट अवैध १२ केजी गाँजासहित दुई महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ की ४० वर्षीया अस्मिता राम र अर्की ४५ वर्षीय लीलादेवी राम छन् । प्रहरी चौकी नेपालटारका गस्ती टोलीले शनिबार नेपालटारस्थित कमान क्षेत्रमा गस्तीका क्रममा दुई महिला र उनीहरूका साथबाट गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले बताउनुभयो । उदयपुरगढीको पहाडी क्षेत्रबाट गाँजा खरिद गरेर सिरहा लहान हुँदै भारततर्फ पैठारी गर्ने लक्षका साथ उनीहरूले गाँजा खरिद गरेर फर्कने क्रममा कमानमा प्रहरी गस्ती टोलीले पक्राउ गरेको उहाँले बताउनुभयो । पक्राउ गरिएका दुई महिलालाई शनिबार राति नै…
Read More
तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते

भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु करुर जिल्लामा आयोजित विजयको र्‍यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। स्वास्थ्यमन्त्री सुब्रमण्यमले ‘र्‍यालीमा अनुशासनको कमी थियो’ भन्दै घटनाको अनुसन्धानको आदेश…
Read More
वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित

वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित

गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्‍याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।” उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाउनुभयो । कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर…
Read More
देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

देश शोकको स्थितिमा रहेकाले परिवारसँग मात्रै दसैँ मनाउँछुः पूर्वराजा ज्ञानेन्द्र

देश विध्वंस र शोकको स्थितिमा रहेकाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र दसैँ मनाउने बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आइतबार (असोज १२) जारी बडादसैँको शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गदैँ शुभेच्छुकलाई आफूले टीका र जमरा प्रदान नगर्ने उनले जानकारी गराएका छन् । “हाम्रो आमशुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट बृहत् रूपमा टीका, जमरा प्रदान नहुने जानकारी गराउँदछौँ,” उनले भनेका छन् । शुभकामना सन्देशमा उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेको उल्लेख गरेका…
Read More
बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार

बेलहिया नाकाबाट पर्यटक आगमनमा क्रमशः सुधार

कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ । गत बिहीबारसम्मको तथ्याङ्कअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन् । नौ महिनाको तथ्याङ्क प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताउनुभयो । यो अवधिमा श्रीलङ्काबाट १९ हजार ८३५ जना, थाइल्याण्डः १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ ।…
Read More
नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

नेपाल पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल शनिबार खेलिँदैछ । खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा नेपाली समय अनुसार, राति २०ः१५ बजे शुरू हुनेछ । नेपालले कुनै पनि टेस्ट राष्ट्रविरुद्ध द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो पटक हो । नेपाली टोली पछिल्लो समय महत्वपूर्ण प्रतियोगिताको तयारीमा छ । त्यसैले आफूभन्दा निकै बलियो टोली वेस्ट इन्डिजविरुद्धको यो शृंखला नेपालका लागि निकै महत्त्वपूर्ण सावित हुनेछ । तेस्रोपटक टी–२० पुरुष विश्वकप खेल्ने अभियानमा रहेकाले पनि नेपाली टोलीका लागि यो शृंखला अझ विशेष छ । दुईपटक टी–२० विश्वकप र दुईपटक एकदिवसीय विश्वकपको जितिसकेको वेस्ट इन्डिजसँगको यो शृंखलाले नेपालको विश्वकप…
Read More
सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

बर्दिवास नगरपालिका–३ स्थित कालीदमार तथा रातु महिला सामुदायिक वन संरक्षित गरिएपछि वन्यजन्तु र पक्षी निकै बढेका छन् । बर्दिवास–३ को चुरेकाछको बस्ती कालापानीका २१० घर उपभोक्ता रहेका यी दुवै वन क्षेत्रमा चरीचरण र सिकार पूर्ण रुपले बन्द गरिएपछि वन्यजन्तु तथा पक्षीको सङ्ख्या निकै बढेको हो । करिब ३५९ हेक्टरको कालीदमार र ३५० हेक्टरको रातु महिला सामुदायिक वनका कालापानीकै बासिन्दा उपभोक्ता छन् । एउटै क्षेत्रभित्रको दुवै वन भए पनि वनको संरक्षणमा महिला सहभागिता बढाउन महिलाकै प्रत्यक्ष भूमिका हुनेगरी रातु महिला सामुदायिक वन बनाइएको उपभोक्ताको भनाइ छ । रातु महिला सामुयिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यमा सबै महिला छन् । “एउटै…
Read More
गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्‍यो खानेपानीको सङ्कट

कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो”, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, “अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।” एक घैटो पानीका लागि घण्टौ पालो कुर्नुपरेको क्षण उहाँलाई अझै ताजै लाग्छन् । जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको सङ्कट नयाँ थिएन । बस्तीका अर्का…
Read More
गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न सहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत नवराज भट्टले जानकारी दिनुभयो । “दुई वर्षयताको तथ्याङ्क हेर्दा यो नाकाबाट आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “यस वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ ।” उहाँका अनुसार सन् २०२२ मा गड्डाचौकी नाका भएर ५४२ जना मात्रै विदेशी पर्यटन आएका थिए । सन २०२३ देखि विदेशी…
Read More
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज (शनिबार) प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो ।
Read More