प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ। तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’    
Read More
पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन निर्देशन

जिल्ला कारागार पर्वतबाट गत भदौ २४ गतेदेखि फरार भएका आठ जना कैदीबन्दी अझै कारागार नफर्किएकाले कारागार प्रशासनले एक साताभित्र फर्किन निर्देशन दिएको छ । कारागारबाट भागेका १९ मध्ये ११ जना फर्किए पनि आठ जना अझै सम्पर्कविहीन भएकाले फरार बन्दी खोजी तथा पक्राउ कार्यदलले सूचना जारी गरी एकसाताभित्र फर्किन निर्देशन दिएको हो । कार्यदलले आइतबार सूचना जारी गर्दै यही असोज २० गतेभित्र कारागार फर्किन सूचना जारी गरेको हो । कार्यदलले फरार कैदीबन्दीको नामावलीसहित सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको समयसीमाभित्र नफर्किए कारागार ऐन तथा प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने चेतावनी दिइएको छ । बर्दिया घर भई कुश्मा नगरपालिका-७ खरेहा बस्ने…
Read More
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गर्नुभएको अपानीमा कम्युनिष्ट पार्टीको कार्यशैलीमा सुधार गर्ने र कमीकमजोरी सच्याएर आन्तरिक लोकतन्त्रको सुदृढीकरण तथा नेतृत्व हस्तान्तरणको विषयलाई प्राथमिकतामा राखिएको हो । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता हुने, पार्टीको रणनीतिक लक्ष्य समाजवाद हुने, समाजवादी कार्यदिशा अगाल्ने, नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्नेलगायत सैद्धान्तिक आधार तयार गरिएको अपानीमा समान वैचारिक दृष्टिकोण भएका समूह तथा दलसँग एकताका लागि पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई मानिएको छ । नेपाली जनता र पूँजीपती वर्गबीचको अन्तरविरोध समाधान गर्ने, नव उपनिवेशवादको विरोध गर्ने नीति पार्टीले अवलम्बन गर्ने…
Read More
अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीमा जीप दुर्घटनाः दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका…
Read More
उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । गृह सचिव दङ्गालले आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । त्यस क्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले…
Read More
पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

शुक्लाफाँटा नगरपालिका ८ चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । मन्दिर परिसरमा सडक, खानेपानी, धर्मशाला, विद्युत्, टेवा पर्खाललगायता पूर्वाधार विकासका काम तीव्र गतिमा अघि बढाइएको हो । बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार प्राचीनकालदेखि पूजाआराधना हुँदै आएको मणिकाधाम भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको थियो । “मन्दिर परिसरलाई हराभरा बनाउन फलफूलका बिरुवा लगाएका छौँ, मैदान सम्याउने, खानेपानीको लाइन मर्मत गरी भक्तजनलाई सुविधा दिने काम गरेका छौँ”, उहाँले भन्नुभयो । सङ्घीय सरकारले रु दुई करोड ४३ लाख ६२ हजार ६४१ को लगानीमा आधुनिक शैलीको धर्मशाला निर्माण गरिरहेको छ । समितिका सचिव डम्बरबहादुर ऐरका…
Read More
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने

राष्ट्रिय मानवअधिकार आयोग दसैँ बिदामा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने भएको छ आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय दसैँ बिदामा खुला रहने बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, “दसैँ, दिपावली तथा छठ पर्वको बिदाका दिनमा पनि खुला रहनेछन्, मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालय बिदाका दिनमा खुला रहने व्यवस्था गरिएको हो ।” आयोगले मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका…
Read More
सुर्खेतको न्यु प्रसोधन कपास उद्योगमा भीषण आगलागी

सुर्खेतको न्यु प्रसोधन कपास उद्योगमा भीषण आगलागी

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१० स्थित बसपार्क नजिक रहेको न्यु प्रसोधन कपास उद्योगमा भीषण आगलागी भएको छ। प्रारम्भिक जानकारी अनुसार आइतबार दिउँसो विद्युत सर्टका कारण आगलागी भएको हो। आगजनी लगत्तै प्रहरी टोली घटनास्थल पुगेको पछि बिरेन्द्रनगर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास थालिएको थियो। आगलागीबाट भएको आर्थिक क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।  
Read More
मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् । जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करिब छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ फरेन एक्सन नेपालका विज्ञ डा लीलानाथ शर्माका अनुसार जलथल जङ्गल नेपालको मात्र नभएर दुर्लभ वनस्पति, झार र बुट्यान रहेका कारण दक्षिण एसियाकै नमुना प्राकृतिक वन हो । यहाँ ४५० भन्दाबढी प्रजातिका वनस्पति छन् भने २०० भन्दाबढी प्रजातिका चराको बासस्थान छ । उहाँका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् । “जनावरहरुमा सबैभन्दा…
Read More
सुनचाँदीको मूल्य निरन्तर अकासिदैँ , कतिमा हुदैँ छ कारोबार ?

सुनचाँदीको मूल्य निरन्तर अकासिदैँ , कतिमा हुदैँ छ कारोबार ?

विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
Read More