सौराहा लेडिज जेसीजको सप्ताह : विपन्नलाई छात्राबृत्ती, गर्भवतीलाई अण्डा
सौराहा । सौराहा लेडिज जेसीजले समाज केन्द्रीत कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाएको छ । यही भदौ १२ गते सुरु भएको सप्ताह अन्तर्गत विपन्न विद्यार्थीलाई छात्राबृत्ती देखि गर्भवती महिलालाई पोष्टिक आहार वितरण लगायतका सामाजिक काम गरी सप्ताह मनाइएको सौराहा लेडिज जेसीज बर्ष २०२४/२५ की अध्यक्ष सुनिता पौडेल घिमिरेले जानकारी दिइन् । झुवानी माविको दृष्टिविहीन इकाइमा रहेका २९ जना बालबालिकालाई भोजन र दुई वटा विपन्न विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी सप्ताहको उद्घाटन गरिएको थियो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत सौराहा र राप्ती नदी किनारमा सरसफाई, रेवान महिला समुहसंगको सहकार्यमा तीज मिलन कार्यक्रम तथा स्लो स्कुटर रेस प्रतियोगिता गरिएको छ । सौराहा लेडिज…