वर्षाका कारण नेपाल र ओमानको खेल रद्द
काठमाडौं,९ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन। खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन्। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मंगलबार चौथो खेल खेल्न लागेको थियो। शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो। लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौं स्थानमा छ भने ओमान भने सात खेलमा…