मुग्लिन–नागढुंगा सडक खण्ड बन्दः काठमाडौं जाने सवारीलाई चितवनमै रोकियो, पोखरा जानेलाई छाडिदै
पहिरोले मुग्लिन–नागढुंगा सडक खण्ड अवरुद्ध भएपछि चितवन प्रहरीले सुरक्षित ठाउँमा सवारी साधन रोक्न थालेको छ । अहिले काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई फिस्लिङ, मुग्लिन, जुगेडी, रामनगर, बसेनी, पोखरा बसपार्क, नारायणघाट बसपार्क लगायतको क्षेत्रमा सवारी साधन रोक्न लगाईएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार आवश्यकताका आधारमा रत्ननगरको शान्ति चोक, खैरहनीको चौविसकोठी, राप्तीको भण्डारा क्षेत्रमा सवारी साधन रोक लगाइने छ । ‘लगातारको वर्षाले जोखिम बढ्दो छ, सकेसम्म हामी सवारी साधनहरुलाई सुरक्षित ठाउँमा रोक लगाउन थालेका छौं, अवस्था हेरेर मात्र यात्रा गर्न अनुरोध गर्दछौं’–प्रवक्ता खनालले भने । उनले परिस्थिति हेरेर पोखरातर्फ जाने सवारी साधनलाई…