मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ । खानेपानी मन्त्रालय र सङ्घर्ष समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा आज पनि पुनः छलफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले राससलाई जानकारी दिनुभयो । विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा विद्युत् महशुल जरिवानासहितको मिनाहा गर्न सम्बन्धित निकायमा पहल गर्ने, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न सङ्घिय शिक्षा मन्त्रालयमार्फत हुनेगरी विशेष पहल गर्ने, हेलम्बु गाउँपालिकाका…