एमाले महाधिवेशनः आजदेखि भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदे
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आइतबार सुरु हुँदैछ। शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो। देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको छ। तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो। महाधिवेशनमा दुई हजार २६२ प्रतिनिधिको सहभागिता रहेको छ। उद्घाटन कार्यक्रममा ७७ वटै जिल्लाका सहभागीले एक सय आठ रोपनी क्षेत्रफल भरिएको थियो। बन्दसत्रबाट एमालेले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । देशभरका करिब साढे ६ लाख सदस्यबाट छनोट भएका दुई…