सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ । नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो । छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो । उहाँले विगत केही वर्षयता निरन्तर यस छात्रावासमा आवश्यक सहयोग गरिरहेको भन्दै अब दिर्घकालिन काम गर्न आवश्यक रहेको बताउनुभयो । लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाले विगतदेखि यस छात्राबासमा सहयोग गर्दै आएकोमा अहिले जाडोयामलाई ध्यानमा राखेर आवश्यक…