बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो । “प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ”, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ, अहिलेका लागि अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिका कार्यालय नजिकैको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलबाटै बैठक सञ्चालन गर्ने तयारी गर्न कर्मचारीहरू जुट्नु भएको छ ।” उहाँका अनुसार केही दिनभित्रै त्यहाँ फर्निचर, माइक जडानलगायतको काम सकिन्छ र त्यसलगत्तै बैठक बोलाउने…
Read More
चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीको उपस्थितीमा परिसङ्घको तर्फबाट महानिर्देशक डा घनश्याम ओझा र बैङ्ककोतर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गर्नुभएको परिसङ्घले जनाएको छ । सरकारले सार्वजनिक निजी साझेदारी…
Read More
रेलसँग हात्तीको बथान ठोक्किदाँ ८ हात्तीको मृत्यु, ५ डिब्बा ट्र्याकबाहिर

रेलसँग हात्तीको बथान ठोक्किदाँ ८ हात्तीको मृत्यु, ५ डिब्बा ट्र्याकबाहिर

भारतको असमस्थित होजाई जिल्लामा शनिबार बिहानै एउटा ठुलो रेल दुर्घटना भएको छ। तीव्र गतिमा गुडिरहेको रेलसँग हात्तीको बथान ठोक्किँदा आठवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती गम्भीर घाइते भएको छ। हात्तीलाई ठक्कर दिएपछि रेलको इन्जिनसहित पाँचवटा डिब्बा पटरीबाट खसेर दुर्घटनाग्रस्त भएका छन्। नर्थ इस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अनुसार नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त रेल राति करिब २स्१७ बजे दुर्घटनामा परेको हो। रेलवे प्रवक्ताले घटनाप्रति दुःख व्यक्त गर्दै रेलमा सवार कुनै पनि यात्रीलाई चोटपटक नलागेको पुष्टि गरेका छन्। रेलका चालकले हात्तीको बथान देख्ने बित्तिकै आपत्कालीन ब्रेक लगाए पनि दूरी कम भएका कारण ठक्कर खानबाट बचाउन नसकिएको रेलवेको दाबी…
Read More
मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस गर्न र सबैले खुलेर कुरा गर्न अपिल गर्नुभएको छ । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ को सन्दर्भमा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले मानसिक स्वास्थ्यबारे नजिकका मान्छेसँग खुलेर कुरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्यबारे खुलेर कुरा गरौँ, सबैभन्दा ठूलो औषधी मनको कुरा अरुसँग साझा गर्नु हो । मानसिक स्वास्थ्यबारे आजैबाट बहस र चर्चा गरौँ । रोकथाम तथा उपचारको पाटोमा कुरा गरौँ जसले गर्दा मानसिक स्वास्थ्य समस्यालाई सामाना गर्न सहज हुन्छ ।” पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विशेषगरी कोभिड र जेनजी आन्दोलन पछाडि अझ सरोकारको…
Read More
रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनित गरेको छ । आज बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । मनोनित भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा सुशील शाह र शीतल भुसाल हुनुहुन्छ । रासस
Read More
नेता-कार्यकर्तालाई ओलीको निर्देशन-आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

नेता-कार्यकर्तालाई ओलीको निर्देशन-आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार (पुस ४) सम्बोधन गर्दै ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाईमा पुर्‍याउने दृढता व्यक्त गरेका हुन् । ‘हामी एकताको भावनाका साथ नयाँ उचाइका साथ अगाडि बढ्नेछौँ । केही केही समस्याहरू समय समयमा पार्टीभित्र थोरै देखापर्ने पनि गरेका छन् । आगामी दिनमा हामी त्यस्ता खालका कमजोरीहरू कुनै पनि प्रकट नहुन भन्ने कामना गर्दछौँ,’ ओलीले भने । पार्टीमा केही समस्या देखिएको उल्लेख गर्दै ओलीले आगामी दिनमा त्यस्ता खालको कुनै पनि कमजोरी हुन नदिने बताए । नवनिर्वाचित केन्द्रीय…
Read More
राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ । सो ओलम्पिकमा विभिन्न १२ खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ । रासस
Read More
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभएको छ । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उहाँले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताउनुभयो । मन्त्री घिसिङले भन्नुभयो, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारीको सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक मागलाई बढावा दिनुका साथै संरचना निर्माणका लागि खर्च हुने अन्तरराष्ट्रिय मुद्रा सञ्चितिमा समेत योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ, आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँँ ।” सहरी विकासमन्त्री समेत रहनुभएका घिसिङले…
Read More
‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन नसकेका बोर्ड, समिति र संस्थान खारेज गरी बजेट बचत र प्रभावकारी उपयोगमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । डा खनालका अनुसार पछिल्ला वर्षमा सामाजिक सुरक्षाको दायित्व तीव्र रूपमा बढ्दै गए पनि त्यसअनुसार परिणाम देखिएको छैन । उहाँले उत्पादनशील क्षेत्रमा वृद्धि नदेखिनु अर्थतन्त्रको प्रमुख समस्या भएको उल्लेख गर्दै सरकारले उत्पादन क्षेत्रमा सहुलियत तथा प्रोत्साहन दिएको भए पनि अपेक्षित…
Read More
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेजभन्दामाथि जान लामो जाममा बस्नुपरेको छ । सवारी जामका कारण क्याम्पस जान समस्या भएको जिपी कोइराला क्याम्पस सिफलमा अध्ययनरत स्नातक तहका विद्यार्थी रामबहादुर तामाङको गुनासो छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने यो भीडबाट यात्रुलाई सहज रुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्र पर्ने सडक खोल्न गोकर्णेश्वर नगरपालिकाले…
Read More