तमिलनाडुमा अभिनेता विजयको र्यालीमा भागदौडः ३६ को मृत्यु, ४० घाइते
भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । र्यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु करुर जिल्लामा आयोजित विजयको र्यालीमा हजारौँ समर्थक सहभागी भएका थिए । भीड निकै बाक्लो हुँदा विजयको बस नजिक पुग्न खोज्ने क्रममा केही समर्थक लड्दा भागदौड सुरु भएको अधिकारीहरूले बताएका छन्। अत्यधिक गर्मीका बीच घण्टौँ ढिलो विजय आइपुगेपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। स्वास्थ्यमन्त्री सुब्रमण्यमले ‘र्यालीमा अनुशासनको कमी थियो’ भन्दै घटनाको अनुसन्धानको आदेश…