बाग्लुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बाग्लुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बाग्लुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

ढोरपाटन,२१ भदौ । यहाँको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक…
Read More
चितवन लगायत देशका विभिन स्थानमा वर्षा

चितवन लगायत देशका विभिन स्थानमा वर्षा

चितवन २१ भदौ । अहिले चितवनलगायत देशका धेरै ठाउँमा पानी परिरहेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली नवल, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा ठूलो वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि हल्का पानी परिरहेको छ । आज दिउँसो पनि पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली विशेषगरी…
Read More
सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

दाङ, २१ भदौ। दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् । “यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्”, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने, “न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।” शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । विसं २०४५ मा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ । विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न…
Read More
प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जाँदै

काठमाडौँ,२१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको अमेरिकाको न्युयोर्क भ्रमण स्वीकृत गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभाका लागि प्रधानमन्त्री न्युयोर्क भ्रमणमा जाने कार्यक्रम तय भएको बताए । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ गते (सेप्टेम्बर १० देखि २८) सम्म न्युयोर्कमा हुँदै छ । त्यस अन्तर्गत असोज ६ र ७ गते (सेप्टेम्बर २२ र २३) समिट अफ द फ्युचर हुने छ । प्रधानमन्त्री ओलीले महासभालाई समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसहित भ्रमण दलमा…
Read More
बाढीले स्कुटर बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

बाढीले स्कुटर बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता

ढोरपाटन,२१ भदौ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरी निरीक्षक पौडेलको भनाइ छ । सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल…
Read More
आज हरितालिका तीज महिलाहरू व्रत बस्ने

आज हरितालिका तीज महिलाहरू व्रत बस्ने

चितवन, २१ भदौ । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्। भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तीजको व्रत पूर्ण भएको मानिन्छ। विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने…
Read More
बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

लमजुङ, २० भदौ। यहाँको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी असोज २८ गतेसम्म रहेको छ । तर हालसम्म ७० प्रतिशत मात्रै भौतिक प्रगति भएको उक्त कार्यालयले जनाएको छ । बागलुङपानीबाट घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार…
Read More
पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय दिलाउन माग

पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय दिलाउन माग

काठमाडौँ,२० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रुपमा प्राथमिकता दिनसक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो । सोसम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएकोप्रति पीडित रु सात लाख पचास हजारमध्ये रु एक लाख पचास हजारका…
Read More
छात्रवृत्ति अध्ययनका लागि रुस जाने विद्यार्थीलाई अभिभावकको अनुमतिमा पठाउनु: शिक्षा मन्त्री

छात्रवृत्ति अध्ययनका लागि रुस जाने विद्यार्थीलाई अभिभावकको अनुमतिमा पठाउनु: शिक्षा मन्त्री

काठमाडौँ,२० भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ । आज मन्त्रालयमा रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा उहाँले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताउनुभएको हो । “अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउनुहुन्छ भने हामी प्रतिबद्धता जनाएर पठाउन तयार छौँ” उहाँले भन्नुभयो, “दुई देशबीच युद्ध चलिरहेको बेला हामीले अध्ययन अनुमतिपत्र दिन सकेका थिएनौँ । परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत…
Read More
धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

म्याग्दी (बेनी),२० भदौ । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ । तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको…
Read More