‘सडकमा बित्छ घरबारविहीनको रात’
काठमाडौं,६ कात्तिक । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुईँमा कार्टुन र बोरा बिच्क्याएर उनी प्रायः खुला आकाशमुनि रात बिताउँछन् । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउँछन्। बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुगेका उनीलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउछन्। “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उनी भन्छन्, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उनलाई । परिवार र आफन्तको लेखाजोखा उनले कहिल्यै गर्दैनन् । दिनमा भारी…