सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत, पुष्प वर्षा गराइयो
काठमाडौं, जेठ १९- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो । उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो । यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । भारतीय जनता पार्टीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर…