‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’स्थापना
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गर्नुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुनःनिर्माण, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराउनुभयो । मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनःनिर्माणको अभियानमा सहभागी हुन अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो,“भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा…