सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ : प्रमुख दाहाल
चितवन १० भदौ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै काम गर्दै आएको र यस वर्ष सिँचाईको क्षेत्रमा काम गर्न लागेको बताउनुभयो । नारायणी लिफ्ट सिँचाईलाई हिउँदमा पनि सञ्चालन…