रत्ननगर ९ को शुभकामना तथा सार्वजनिक सुनुवाई
रत्ननगर, १३ कार्तिक । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आज शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले आर्थिक बर्ष २०८०/८१ मा वडाले सम्पन्न गरेको विकास निर्माण लगायत अन्य कामहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी रत्ननगर नगरपालिका साविक ७ नम्बर संस्थापक वडाध्यक्ष तथा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष माधव प्रसाद अर्यालले बिकास निर्माणको क्षेत्रमा सम्बन्धित सम्पूर्ण पक्षहरु जिम्वेवार भए मात्र लक्ष्य हासिल हुने बताउनुभयो । वडाले शिक्षा, स्वास्थ्य, सामाजिक क्रियाकलाप, वालवालिका तथा मानसिक स्वास्थ्य समन्वयमा महत्वपुर्ण भूमिका निर्वाह गरेको अर्यालको भनाई थियो । उंहाले भन्नुभयो "विकास…