चितवन जिल्ला लिगमा जि ब्वाइज र सौराहा विजयी
चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आई स्टडी जि ब्वाइज र सौराहा युवा समाजले जित हात पारेका छन् । लिग अन्तर्गत आज (बुधबार) भएको पहिलो खेलमा जि व्बाइजले पानस युवा क्लबलाई २-० ले पराजित गर्यो । उसको जितमा प्रयास तामाङ र निशान्त परियारले गोल गरे । खेलको २६ औं मिनेटमा प्रयासको गोलमा जि व्बाइजले अग्रता लिएको थियो । ५९ औं मिनेटमा निशान्तले गोल गरेपछि जि ब्वाइज २-० ले विजयी भयो । निशान्त नै म्यान अफ दि म्याच भए । यो जितपछि जि ब्वाइजले समूह ए मा महत्त्वपूर्ण ३ अंक जोडेको छ । उसको दुई खेलमा ३…