बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया
सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए । समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र…