लुटपाटमा पार्टी सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँः रास्वपा

लुटपाटमा पार्टी सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँः रास्वपा

लुटपाटमा पार्टी सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक–धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ। रास्वपाले आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले एक विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न माग गरेका छन्। जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षति मर्मत, सरसफाइ र अन्य आवश्यक कार्यमा पार्टीका सदस्यहरूलाई सक्रिय हुन अनुरोध समेत गरिएको छ। साथै, रास्वपाले निम्न निर्णयहरू कार्यान्वयन गर्न निर्देशन गरेको छ :
Read More
जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।” कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् । कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले बताउनुभयो । यस्तै अन्य कारागारका १४ कैदीबन्दी यस कारागारमा सम्पर्कमा आएका छन्…
Read More
७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

७३० राउण्ड ‍गोलीसहित ८ जना पक्राउ

प्रहरीले ७३० राउण्ड ‍गोलीसहित ८ जनालाई पक्राउ गरेको छ । बनेपा नगरपालिका(९ बाट ७३० राउण्ड गोलीसहित ८ जनालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बनेपा नगरपालिका-९ बस्ने २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय किशोर, १५ वर्षीय बालक, बारा घर भएका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका-६ घर भएका २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका-२ घर भएका २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० बस्ने ३४ वर्षीय अछुत खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली सहित पक्राउ गरेको हो ।
Read More
दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ । रासस
Read More
आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख राहत

आन्दोलनमा मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख राहत

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख दिने भएको छ । आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले मृत्यु हुनेलाई शहीद घोषणा गर्दै १० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेकी हुन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् । उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।ge
Read More
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।  
Read More
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा १ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
Read More
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा नेपालको प्रधानमन्त्रीको शपथ लिएकी कार्कीलाई बधाई दिँदै यस्तो टिप्पणी गरेका हुन्। प्रवक्तालाई ‘सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यसमा चीनको के भनाइ छ?’ भनेर प्रश्न गरिएको थियो । जवाफमा उनले चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा सुशीला कार्कीलाई बधाई ज्ञापन गरेको बताए । उनले भने, ‘चीन र नेपालबिच लामो समयदेखिको मित्रता छ। चीनले सधैँझैँ नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकासको मार्गलाई सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई अगाडि बढाउन, विभिन्न क्षेत्रमा आदानप्रदान…
Read More
आफैँले गठन गरेको नाउपा रेशम चौधरीले छाडे, घोषणा गरे नयाँ पार्टी

आफैँले गठन गरेको नाउपा रेशम चौधरीले छाडे, घोषणा गरे नयाँ पार्टी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । त्यासँगै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् । ‘मलाई साथ दिने साथीहरू जोडिनु होला हिजो मसँग जोडिएका साथीहरू जोडिनु होला आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षकको भूमिका निर्वाह गर्न दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद’, उनले भनेका छन् । नाउपा भित्र आफूलाई साथ दिनेहरूलाई पनि सँगै लिएर अगाडी बढ्ने उनले बताए । ‘मेरो रन्जितासँग कुनै दुस्मनी छैन। मेरो दामोदरसँग कुनै दुस्मनी छैन । तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाइहरूसँग मेरो कुनै दुस्मनी छैन’,…
Read More
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी पदभार ग्रहणको तयारी भएको छ । शुक्रबार शपथग्रहण कार्यक्रम लगत्तै पदभार ग्रहणको तयारी गरिए पनि शपथमै ढिलाइ भएपछि पदभारको कार्यक्रम रोकिएको थियो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेकोले कार्की आफ्नै निजी निवासमा बसिरहेकी छिन् ।  
Read More