वीपी बिर्सेको काँग्रेस र अबको बाटो
–रमेश बस्ताकोटी नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा वीपी भोगेका, देखेका, नजिकबाट चिनेका र जानेका नेता हुन् । उनी वीपीकै आर्दशलाई आत्मसात् गरेर वीपीकै प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षणमा राजनीतिमा आएका नेता हुन् । अर्थात् नेपाली काँग्रेसको वर्तमान मुख्य नेतृत्व वीपी भोगेको पुस्ताले नै गरिरहेको छ । पार्टी सभापती शेरबहादुर देउवा मात्र हैनन्, काँग्रेसमा केन्द्रदेखि वडा तह सम्म हेर्ने हो भने आजका मिति सम्म पनि वीपी भोगेका नेताहरुको संख्या उल्लेख्य छ । यसको अर्थ नेपाली काँग्रेसका सस्थापक नेता वीपी कोइराला जसको नीति,आर्दश र सिद्धान्तलाई काँग्रेसले आज सम्म पनि आफ्नो मुल मन्त्र मान्दछ, सोही अनुरुप काँग्रेसको नेतृत्व चलेको छ भनेर आम सर्वसाधारणले ठान्नु गलत…