बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास
कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो । निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर रु दुई लाख लाख ५० हजार लागत साझेदारी गरेका छन् । बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८…