श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्दै
काठमाडाैं, २१ भदाै । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुदै छ । यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग-२ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल…