भरतपुरमा ड्रीम्स कलेज संचालन, एक करोड बराबरको छात्रवृत्ति घोषणा
भरतपुर,भदौ २२ - चितवनको भरतपुर-१० हाकिम चोक स्थित टि आर कम्प्लेक्समा अत्याधुनिक सुविधा सहितको ड्रीम्स कलेज संचालनमा आएको छ। सुदुर पश्चिमान्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज भरतपुरको हाकिमचोक स्थित टिआर कम्लेक्समा यस बर्षदेखि सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक तहमा बीएससी सीएसआईटी संकायको कार्यक्रम अध्यापन गराउने कलेजका प्रीन्सिपल ई.दिवस मैनालीले बताउनुभएको छ । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो । सो संकायको कार्यक्रमबाट विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल मैनालिले बताउनुभयो । उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ…