नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै, चौंथो हारबाट जोगिने नेपालको लक्ष्य
काठमाडौं,८ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्ड, किङ्ग सिटीमा खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ। क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ। नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु…