भरतपुरमा किसान महासंघको रोपाईँ विशेष कार्यक्रम
रत्ननगर । २१ औं राष्ट्रिय धान दिवस अबसरमा भरतपुर वडा नं ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनले स्थानीय जगन्नाथ कँडेलको खेलमा रोपाई विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ सहित पार्टीका केन्द्रीय सदस्य, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उपसभापति गुरुङले उत्पादनदेखि बजारीकरण सम्म किसानले भोग्दै आएको समस्याप्रति राज्य जिम्मेबार हुनुपर्ने बताए । मलको खरिद विक्रीमा बढ्दै गएको कमिसनको खेलले मलको अभाव देखिएको बताए । मल अभाव हुनुको प्रमुख…