बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजारबाट ढाका व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोड्नु भएको हो । व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको छ । ढाका उद्योगमा उहाँले २५ जनालाई रोजगारी दिनुभएको छ । हाल उहाँको उद्योगमा रु एक करोड बढीको लगानी छ । ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आउनुभएका उहाँले रु २० हजार लगानी गरी व्यवसाय थालेको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण…
Read More
शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने

‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले राससलाई बताउनुभयो । आगामी २४ घण्टा काठमाडौँ उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उहाँले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताउनुभयो । आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा एकदुई भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । रासस
Read More
बेमौसमी वर्षा दाउन्नेमा सडक अवरुद्ध

बेमौसमी वर्षा दाउन्नेमा सडक अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताउनुभयो । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उहाँले बताउनुभयो । सूचना अधिकारी नेपालले भन्नुभयो, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।”
Read More
विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

विश्वकप लिग-२ः आज यूएईसँग भिड्दै नेपाल

आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हरायो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको सहज जित निकालेको थियो । अमेरिकासँगको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपाललाई घरेलु टोली युएईलाई पराजित गर्न आज थप मिहिनेत…
Read More
नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२र८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । निकुञ्ज र नवलपुर पर्यटन समितिबीच नवलपुरको मार्ग हुँदै निकुञ्जमा जीप सफारीको सम्झौता भएको जनाउँदै उहाँले उक्त सहमति अनुसार आधा दिन र पूरै दिन जीपबाट निकुञ्ज क्षेत्र भ्रमण गर्न सकिने जानकारी दिनुभयो । आधा दिनको…
Read More
नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता भइरहेको जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरूबिच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको विदितै छ। गत तीन वर्षको सङ्घर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर रहेका समान विचार बोल्नेहरूलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘प्रवास र…
Read More
दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा

दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पूरा

दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । यही कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको खेलमा ‘ए’ डिभिजनसहितका आठ समूहको सहभागिता रहनेछ । आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले यहाँ पत्रकार सम्मेलनमार्फत टाइसिट तथा ट्रफी सार्वजनिक गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा सङ्कटा र न्यूरोड टिम (एनआरटी)सहित बिग्रेड ब्वाइज, सिराहाको सलहेस युवा क्लब, झापा–११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको सिलीगुडी कञ्चनजङ्घा फुटबल क्लब भारत र आयोजक इन्ट्रा पथरी–११ फुटबल क्लबले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष सुमन विकले जानकारी दिनुभयो । गोल्डकपको विजेताले रु पाँच लाख नगद र ट्रफी प्राप्त गर्ने छन्भने…
Read More
क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा

क्यान्सर बिरामीको सहयोगार्थ मेची–महाकाली साइकलयात्रा

क्यान्सर रोगीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेची–महाकाली साइकलयात्राको आयोजना गरिने भएको छ । सचेतनामूलक उक्त यात्रा पूर्वपश्चिम मध्यपहाडी लोकमार्गको पाँचथरस्थित चिवाभञ्ज्याडबाट सुरु भई बैतडीको झुलाघाट पुगेर समापन गर्ने लक्ष्य लिइएको छ । आउँदो सन् २०२६ जनवरी १ मा सुरु गरिने यात्रा एक महिनाको हुने जनाइएको छ । साइकलयात्राबारे आज धुलिखेलस्थित अस्पतालमा पत्रकार सम्मेलन गरी यसपटक क्यान्सर रोगसँग सङ्घर्षरत दुई ‘सर्भाइभर’ले साइकलयात्रामार्फत मेचीदेखि महाकालीसम्मका नागरिकलाई क्यान्सर सचेतना जगाउने अठोटसमेत लिएको जानकारी गराइयो । सो अवसरमा क्यान्सर रोगसँग लडिरहनुभएका साइक्लिस्ट हर्क लामा र स्तन क्यान्सरको तेस्रो चरणबाट उठ्नुभएकी कविता चित्रकारले यात्राको नेतृत्व गर्ने बताइएको छ । यस यात्राका लागि साइकल कल्चर कम्युनिटीले…
Read More
सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ: वरिष्ठ अधिवक्ता त्रिपाठी

सरकारले निर्वाचनका लागि विश्वासिलो वातावरण बनाउनुपर्छ: वरिष्ठ अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अब मुलुकको पहिलो र सबैभन्दा महत्त्वपूर्ण ‘एजेण्डा’ भनेकै कसरी निर्वाचन सम्पन्न गराउने रहेको छ ।” रुपन्देहीको भैरहवामा आयोजित वर्तमान जटिल राजनीतिक परिदृश्यको निकास एवं व्यवस्थापनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो । “आमनागरिक र मतदाताको मतदान केन्द्रमा पहुँच सुनिश्चित हुनुपर्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बन्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउन केही आधारभूत कुराहरू गर्न जरुरी छ ।” उहाँले पहिलो कुरा भनेकै जनतालाई पत्यार लाग्ने गरी सरकारले विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो । “विगतका सरकारहरू जतिसुकै निर्वाचनबाट…
Read More
हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

हतारमा पार्टी एकता नगर्न नारायणकाजी श्रेष्ठको अपिल

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले हतारमा पार्टी एकता नगर्न आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले हतार गरेर न समग्र एकता न सार्थक पुनःगठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्ने धारणा राखेका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनःगठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्छ।’…
Read More