नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको धार्मिक मेला

नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको धार्मिक मेला

नमोबुद्ध जात्राः बौद्ध धर्मावलम्बीको धार्मिक मेला

कात्तिक शुक्ल पूर्णिमा तिथि, पौराणिक कथानाुसार शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, रमणीय तथा पर्यटकीयस्थल नमोबुद्ध गौतम बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछिको जीवन त्याग गरेको भूमिका रुपमा परिचित छ । नमोबुद्धस्थललाई ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामरकण भएको दस्तावेजमा उल्लेख छ । उक्त स्थान नमोबुद्ध नगरपालिका–११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा चतुर्दशीदेखि प्रतिपदासम्म मेला लाग्छ । यस वर्ष उक्त मेला मङ्गलबारदेखि तीन दिनसम्म मनाइँदैछ । किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडेर नमोबुद्धमा बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना तथा दीप प्रज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको घुइँचो लाग्छ । बर्सेनि…
Read More
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गर्नुभएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मतसम्हार गर्ने वचन दिनुभयो । त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो । उहाँहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभयो ,। गर्न पुग्नुभएको थियो । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा…
Read More
सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

सोमबार सुनको मूल्य स्थिर , चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्यो

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य आइतबार कै कायम छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार पनि छापावाल सुन यही मूल्यमा खरिद–बिक्री भएको थियो । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । आइतबार (हिजो) चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
कांग्रेस नेता खतिवडालाई पितृ शोक

कांग्रेस नेता खतिवडालाई पितृ शोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले जानकारी दिनुभयो । स्व।खतिवडाप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महान्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता तथा कार्यकर्ता आर्यघाट पुग्नुभएको थियो । स्व। खतिवडाका श्रीमती, पाँच छोरा र एक छोरी हुनुहुन्छ । रासस
Read More
चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

चितवनमा मतदाता नामावली दर्ता गराउन युवा उत्साहित

भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा आशा पलाएको पाइएको छ । भरतपुर महानगरपालिका–५ का शमिर शर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्नका लागि नामावली दर्ता गराउन आउनुभयो । युवा पुस्ताको आन्दोलनपछि उहाँमा केही आशा पलाएर मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएको हो । उहाँले भन्नुभयो “युवाहरु भएपछि केही गरौ, कोही राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउन मतदाता नामावलीमा नाम गर्दा गरएको हुँ ।”…
Read More
धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा (हाब्रे) भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले उहाँले भन्नुभयो “सो क्षेत्रमा छ देखि २५ वटासम्म रेडपाण्डाको बसोबास भएको हाम्रो अध्ययनबाट पुष्टि भएको छ ।” स्थानीयवासीसहित अनुसन्धानकर्ताको टोलीले धवलागिरिको खिवाङ, मुदी, अर्चे, दर, ताकम, बगर, सिम्कोश, इटली आधार शिविर, मरेनी, लुलाङ, गुर्जाखानी, गुर्जा देउराली क्षेत्रमा समेत रेडपाण्डा भए ÷नभएको स्थलगत अध्ययन गरेका थिए…
Read More
नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८ हजार १३९ कित्ता शेयर ६८ हजार ११२ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ दशमलव ५१ को कारोबार भएको छ । आज व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ । बैंकिङ…
Read More
छ सय वर्षदेखिको इतिहासको साक्षी झुप्राङकोट

छ सय वर्षदेखिको इतिहासको साक्षी झुप्राङकोट

ऐतिहासिक एवं धार्मिक महत्वको झुप्राङकोट मन्दिर जहाँ रहेको शिलालाई प्राचीनकालदेखि देवीका रुपमा पूजाआजा गरिँदै आइएको छ । मन्दिर परिसर क्षेत्रबाट उत्तरपूर्वतर्फ चाँदी जस्तै टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला त दक्षिण पश्चिमतर्फ पर्यटन राजधानी पोखराको मुख्यबजार क्षेत्रसहितका दृश्य एकैठाउँबाट नियाल्न सकिने हुँदा यहाँ आउने जो कोही लोभिने गरेका छन् । नेपालका बाइसेचौबिसे राजाहरूको पालादेखिको इतिहास झुप्राङकोटसँग जोडिनुले पनि यहाँको महिमा र गरिमा अझै बढाएको छ । इतिहासविद् ठाकुरप्रसाद त्रिपाठीका अनुसार १५औँ शताब्दीमा तत्कालीन कास्कीकोटका राजा कुलमण्डन शाहका छोरा विदुरजी शाहलाई झुप्राङकोटको मुख्तियारी दिइएको थियो । देब्रे शाहका रुपमा चिनिने उहाँ समयसमयमा त्यहाँ गएर बस्ने गरेको पाइन्छ । विदुरजी शाह पछि…
Read More
व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

उद्यागी व्यवसायीले सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसाय संघ चितवनको आइतबार भएको तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटाले नीजि क्षेत्रका उद्योगहरु राज्यका सम्पती भएको भन्दै त्यसको सुरक्षा राज्यले नै गर्नुपर्ने बताए । ‘नीजि क्षेत्रहरु राज्यका सम्पती हुन । उनीहरुले राज्यलाई आम्दानी गर्ने मेसिन बनाएका हुन्,’ संयोजक सापकोटाले भने ‘यसको सुरक्षा राज्यले गर्नुपर्दछ ।’ सापकोटाले नीजि सम्पती तोडफोड गर्नेलाई राज्यद्रोहको घोषणा गर्नुपर्ने माग समेत राखे । हरेक देशमा अर्थतन्त्र अप्ठेरो बनेको अवस्थामा राज्य सत्तामा छिर्न चाहनेहरुले उद्योगी व्यवसायीलाई निसाना बनाउने गरेको बताए । ‘उद्योगी…
Read More
चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो । माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी महतोका अनुसार कालोपत्र गर्न नमिलेपछि सडकलाई धुलोरहित बनाउन मोज्याक टायल लगाउन लागिएको हो । सडकको भागमध्ये सात मिटरमा मोज्याक टायल लगाउन लागिएको हो । यसका लागि वन मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई आवश्यक सहजीकरण गरिदिन पत्राचार गरिसकेको छ । विभागले चितवन राष्ट्रिय निकुञ्जलाई सडकमा मोज्याक टायल लगाउनका लागि आवश्यक सहजीकरण गर्न पत्राचार गरेको छ । प्रमुख महतोले चालु आर्थिक वर्षमा नगरपालिकाले मोज्याक…
Read More