इच्छाकामनाको देवीभञ्ज्याङ विद्यालयमा जेसीज र एक्सपर्टको झोला वितरण
शारदानगर जेसीजले एक्सपर्ट एजुकेसनको सहयोगमा चितवनको इच्छाकामना गाउँपालिका–६, स्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला र पानी पिउने बोतल सहयोग गरेको छ । विद्यालयमा परिसरमा एक कार्यक्रम गर्दै १ सय ५९ जना विद्यार्थीलाई विद्यालयमा प्रयोग हुने झोला र बोतल सहयोग गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.६ का वडा अध्यक्ष लक्ष्मण प्रजा, एक्सपर्ट एजुकेशन चितवनका रिजनल म्यानेजर किरण पौडेल, बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजाल, शारदानगर जेसीजकी अध्यक्ष लक्ष्मी केसीलगायतले विद्यार्थीहरुलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । सो क्रममा बोल्दै वडा अध्यक्ष प्रजाले पहाडी क्षेत्रका विद्यालयहरु भौतिक पूर्वाधारको अभावसंगै विद्यार्थीहरुलाई विभिन्न सामग्री अभाव हुने गरेको स्मरण गर्दै यस्तै सहयोगको आवश्यकता…