एमडिजिपी स्वास्थ्य प्रणालीका मेरुदण्ड
नेपाली समाजमा डाक्टर भन्नेबित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अङ्गको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ । तर, नेपालको विषम भौगोलिक बनोट र सीमित स्वास्थ्य पूर्वाधारका लागि यी दुई विधाको बीचमा एउटा यस्तो अत्यन्त महत्वपूर्ण र बहुमुखी विधा छ, जसलाई नेपालको स्वास्थ्य प्रणालीको ‘मेरुदण्ड’ मानिन्छ–त्यो हो एमडिजिपीअर्थात् ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’ मा विशेषज्ञता । नेपालको सुदूर पहाडी जिल्ला अस्पतालहरूको सङ्कटकालीन वार्डदेखि काठमाडौँका व्यस्त कर्पोरेट अस्पतालहरूको आकस्मिक विभागसम्म, एमडिजिपी डाक्टरहरूले नेपाली स्वास्थ्य सेवाको मुहार फेरिरहेका छन् । उनीहरूको भूमिका, क्षमता र नेपालले बेहोरिरहेका स्वास्थ्य चुनौतीहरूमाथिको प्रभावका बारेमा धेरै चर्चा हुने…