जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु

जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू आजदेखि सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आजदेखि नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गर्नुभएको हो । उहाँले भन्नुभयो, “प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठ्याँै, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।” जेनजी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको…
Read More
जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

जलेश्वर कारागारबाट भागेका कैदीमध्ये २३३ फर्किए

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् । सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् । कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि…
Read More
मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

मुस्ताङको कागबेनीमा तीर्थालुको आगमन घट्यो

दिवङ्गत पितृ उद्धारका लागि प्रसिद्ध मानिएको यहाँको धार्मिक तीर्थस्थल कागबेनीधाममा यसवर्ष तीर्थालुको आगमन घटेको छ । दसैँपर्व अघि सोह्रश्राद्ध सुरु भएसँगै भक्तजनको आगमन बढ्ने गरेकामा देशमा उत्पन्न विषम परिस्थितिका कारण धार्मिक तीर्थालुको सङ्ख्या घटेको हो । दामोदरकुण्डबाट बग्ने काली नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थल कागबेनीधाममा दिवङ्गत पितृको उद्धार गर्न तथा पितृलाई खुसी राख्न यहाँ धार्मिक तीर्थालुहरू आउने गर्दछन् । तीर्थालुले पिण्डदान, सिदादान, तर्पण दिएर श्राद्ध गर्ने प्रचलन छ । कालीगण्डकी नदीको दोभान कागबेनी तटमा स्नान गरी पूजारीबाट धार्मिक पूजापाठ गरी पितृको नाममा श्राद्ध गर्ने प्रचलन रहेको छ । यहाँ आएर श्राद्ध गर्नाले पितृ खुसी हुन्छन् भन्ने हिन्दू शास्त्रमा…
Read More
शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले शेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत मूल्य कायम हुने व्यवस्था स्थगित गरेको छ । नेप्सेले गत चैतदेखि धितोपत्र बजारमा २ः४५ बजे देखि ३ः०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य हुने व्यवस्था ल्याएको थियो । उक्त व्यवस्था हाललाई स्थगित गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यो व्यवस्था स्थगन गर्नका लागि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । सूचना अधिकारी पराजुलीका अनुसार परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण हुनेछ । भोलि सार्वजनिक बिदा परेका कारण मङ्गलबारदेखि यो व्यवस्था लागू गरिने उहाँले जानकारी दिनुभयो । गत फागुनमा धितोपत्र…
Read More
माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

माटो खन्न गएकी महिलाको ढिस्कोले पुरिएर मृत्यु

उदयपुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगामा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको हो। त्रियुगा नगरपालिका-६ स्थित चुरे जंगलको गेरुवा खोलामा माटो खनिरहेकी २४ वर्षीया रमिला राईको माथिबाट खसेको ढिस्कोले पुरिएर आज घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार माटो खन्ने क्रममा एक्कासी माथिबाट खसेको ढिस्कोले उनलाई पुरेको थियो।
Read More
सुनको भाउ फेरि पुरानै उच्च मूल्यमा उक्लियो, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

सुनको भाउ फेरि पुरानै उच्च मूल्यमा उक्लियो, चाँदीको मूल्यमा ‘रेकर्ड ब्रेक’

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको शुक्रबार बढेको सुनचाँदीकै मूल्य आज फेरि बढेको हो। मूल्य बढेर आज सुन पुरानै उच्च मूल्यमा उक्लिएको छ। सुनको मूल्य आज तोलामा ११ सय बढेर दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य शुक्रबार तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको थियो। गएको भदौ ३१ गते सुनको भाउ तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेको थियो। त्यसयता घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो। आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ४० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय २०…
Read More
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो । चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राख्नुभयो । एक वर्षअघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ । प्रदर्शनीको अर्को आकर्षण हो– बौद्धमा रहेको गुम्बा…
Read More
आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

आन्तरिक राजस्व कार्यालयको विद्युतीय उपकरणमा क्षति

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारणले आन्तरिक राजस्व कार्यालय वीरगञ्जको भवनबाहेक रु एक करोड मूल्यबराबरका कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको छ । गत भदौ २४ गतेको आगजनीका कारण आन्तरिक राजस्व कार्यालयका विभिन्न कोठामा पनि क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामेश्वरकुमार मिश्रले आन्दोलनका क्रममा करिब एक करोड मूल्य बराबरको कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा क्षति भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो । “कर सङ्कलन शाखामा पनि सबैभन्दा धेरै क्षति भएको छ”, उहाँले भन्नुभयो, “कार्यालयका कम्प्युटर, प्रिन्र्टसलगायतका विद्युतीय उपकरण आगजनीले जल्नुका साथै लुटपाट पनि भएको छ ।” कार्यालयका अनुसार भवनको तल्लो तलाका रहेका अधिकांश…
Read More
हेटौँडा औद्योगिक क्षेत्रमा दुई उद्योग थपिए

हेटौँडा औद्योगिक क्षेत्रमा दुई उद्योग थपिए

मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन् । हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि ९चकलेट उद्योग० केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिनुभयो । लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताउनुभयो । “सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्”, उहाँले भन्नुभयो, ‘‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछ ।” यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन…
Read More
निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

निवर्तमान प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकलाई कानुनी दायरामा ल्याउन माग

मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ। शान्ति समाजले आइतबार जारी गरेको विज्ञप्तिमा हालैको राजनीतिक घटनाक्रम र जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै सुशासनबिना शान्ति सम्भव नभएको उल्लेख गरिएको छ। ‘भ्रष्टाचार र कुशासनकै कारण मुलुकले ठुलो क्षति व्यहोर्नु परेको हो, यसका जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर, प्रेस तथा नागरिक सम्पत्तिमा भएको आगजनी र तोडफोडमा संलग्नको पहिचान गरी दण्डित गर्नुपर्ने जरुरी छ ।’ विज्ञप्तिमा प्रहरी…
Read More