वरिष्ठ श्रष्टा पराजुली अभिनन्दित
गुरुङ समुदायको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत् वरिष्ठ श्रष्टा वसन्त पराजुली सम्मानित हुनुभएको छ । उहाँद्वारा रचना गरिएको ‘बखान’ उपन्यासले गुरुङ समुदायको इतिहास, संस्कृति र राजनीतिक भूमिकालाई कलात्मक उजागर गरेको छ । गत भदौमा सो उपन्यास सार्वजनिक भएको थियो । सो अवसरमा सम्मानित श्रष्टा पराजुलीले सम्मानप्रति कृतज्ञता प्रकट गर्दै यस्तो सम्मानले आफूलाई आगामी दिनमा थप ऊर्जा प्रदान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बखान उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको जीवन्त चित्रण गरेको छ ।” उपन्यासकार पराजुलीले उपन्यासमार्फत चितवनको विगतलाई केलाउने क्रममा उपन्यासको प्रमुख पात्र बखानसिंहलाई चितवन चिनाउन आवश्यक स्थानहरूको भ्रमण गराइएको प्रसङ्ग पनि सुनाउनुभयो । कार्यक्रममा गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर…