हेटौडामा पत्रकारहरुको लागि रक्षा संवाददाता सम्बन्धी अभिमुखिकरण सुरु
हेटौडा । नेपाली सेनाको मध्य पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १५ ९पन्ध्र० जना सञ्चारकर्मीहरूको लागि आइतबार देखि रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रम श्रीमध्य पृतना हेडक्वाटर, सुपारेटार ब्यारेक, हेटौँडामा सुरु भएको हो । कार्यक्रमको शुभारम्भ गर्दै मध्य पृतनापति उपरथि प्रदीप जंग केसीले नेपाली सेनाका संविधान प्रदत्त जिम्मेवारी सम्पादनका क्रममा आम जनतालाई सुसूचित गरेर राष्ट्रिय एकताको प्रवर्धन लगायत राष्ट्रहितहरुको सम्वर्धनका क्षेत्रमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको बताए । कार्यक्रमको औपचारिक शुभारम्भ पश्चात् जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गरेका थिए ।…