बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित
काठमाडौँ, भदौ १२ – नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्याएको थियो। अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा थप विनाश निम्त्याउन सक्ने जोखिम बढेको भन्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा रहन र अपरेसन रोक्न निर्देशन दिएको जनाएका छन् । बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा…