साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्यान्डेट’ तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभयो । सरकार निर्वाचनमा होमिइसकेकाले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शङ्का नगर्न सम्बन्धित सबै पक्षलाई उहाँले आग्रह गर्नुभयो । जेनजी आन्दोलन सुशासन कायमका लागि भएको उल्लेख गर्दै मन्त्री अर्यालले सुशासन कायम राख्न सरकार कटिबद्ध भएको बताउनुभयो । तोकिएको मितिमा निर्वाचन नभएमा देशले सङ्कट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने…
साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १० हजार तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा रु पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले…
पछिल्लो समय सडक विस्तार, बाँदर आतङ्क, धार्मिक आस्थामा कमीलगायतका कारणले ऐेतिहासिक चौतारी र वर, पीपलका रुख मासिँदै जान थालेका छन् । पर्वतका केही युवाले ऐतिहासिक तथा धार्मिक महत्व बोकेका चौतारी पुनर्निर्माणमा सक्रियता देखाएका छन् । सदरमुकाम कुश्माको सबैभन्दा पुरानो क्लब पर्वत मिलन क्लबमा आबद्ध युवाले सदरमुकाम आसपासमा रहेका पोखरीहरु पुनर्निर्माण गर्न थालेका हुन् । विसं २०४६ मा औपचारिक रूपमा संस्था दर्ता भएको क्लबले विशेषतः युवा जनशक्तिलाई खेलकुद, सांस्कृतिक तथा समाज सेवामा जुटाउँदै युवायुवतीमा सकारात्मक भावना पैदा गराउँदै उनीहरूमा ‘समाज र देशमा लागि केही गर्नुपर्छ’ भन्ने भावनाको डोरीमा बाँध्न सफल भएको छ । संस्थाले सामाजिक कार्यअन्तर्गत बाटो, पुल, कुलो, धारा, निर्माण…
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले उक्त छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रण गरेको छ । समितिको आजको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायनसमेतको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल भएको थियो । सो छलफलमा सांसदहरु नरबहादुर विष्ट, सुमित्रा विसी, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमिल्सना, रुक्मिणी कोइरालालगायतले भाग लिनुभएको थियो । रासस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिनुभएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ । अब उहाँले राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टीले औपचारिकता दिने काम सुरु हुन्छ ।” केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो । सो सहमतिअनुसार कुलमान घिसिङलाई उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय भएको थियो । रासस
बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ । जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार फरार रहेका कारागार कार्यालयकी प्रमुख धारा भण्डारीले बताउनुभयो । पाटन नगरपालिका–३ गुजर घर भएका लुहारको खोजीकार्य जारी रहेको भए पनि उनी सम्पर्कमा नरेहका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार निज कैदीले जिल्ला अदालतको फैसलाबाट जबर्जस्तीकरणी मुद्दामा १० वर्षे कैद सजाय भोगिरहेका थिए । यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र…
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा दुई लाख ६८ हजार ५२६ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उक्त सङ्ख्यामा मतदाता कायम भएका हुन् । जिल्लामा मतदातामध्ये पुरुषको सङ्ख्या एक लाख २९ हजार ५४, महिला एक लाख ३९ हजार ४६८ तथा यौनिक अल्पसङ्ख्यक चार जना रहेका कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार नवलपुरमा आठ वटा स्थानीय तह र दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा जिल्लामा कूल दुई लाख ६० हजार ४६१ मतदाता थिए । तत्कालीन…
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही…