चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिनुभयो । यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ । “ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।” यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताउनुभयो । उहाँका अनुसार भरतपुर र पोखराको काम सक्न समय थपगरी सन्…
Read More
थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

थाई एयर एसियाले भैरहवाबाट थाल्यो पुनः उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले आजदेखि पुनः उडान थालेको छ । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक सातामा दुई उडान गर्ने गरी पुनः उडान सुरु गरेको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले अब आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो । अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ ।
Read More
छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व हो : डा शोभाकर पराजुली

छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व हो : डा शोभाकर पराजुली

छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीमा यो पर्वको ठूलो महत्व छ । यस पर्वमा लाखौँ भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना…
Read More
दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ । सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ । उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको…
Read More
कार्तिक शुक्ल पञ्चमीः छठका बर्तालु बसे निर्जल उपवास

कार्तिक शुक्ल पञ्चमीः छठका बर्तालु बसे निर्जल उपवास

छठ पर्वको दोस्रो दिन आज बर्तालुहरु पानी पनि नखाइ व्रत बसेका छन् । यसलाई निर्जल उपवास भनिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी चोखो खाएर बसेका बर्तालुले दोस्रो अर्थात् कार्तिक शुक्ल पञ्चमीका दिनमा आज निर्जल उपवास बसेका हुन् । यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाइन्छ । यसलाई ‘खरना’ भन्ने गरिएको छ । नदी, छठी माता र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व शनिबारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, छठी माता र सूर्यदेवको पूजा आराधना गरी मनाइने छठ पर्व राजधानीलगायत मधेश प्रदेशका जिल्लामा हर्षोल्लासपूर्वक मनाइन्छ…
Read More
आज ११ हजार ६०० ले घट्यो सुनको मूल्य

आज ११ हजार ६०० ले घट्यो सुनको मूल्य

अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो । कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी…
Read More
आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत नेपालले आइतबार अमेरिकासँग खेल्दैछ । यूएई भ्रमणमा रहेको नेपाली टोली आफ्नो पहिलो खेल अमेरिकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे शुरू हुनेछ । शृंखलामा नेपाली टोलीको प्रतिद्वन्द्वीका रूपमा आयोजक यूएई र अमेरिका छन् । नेपाली टोलीले अमेरिका र आयोजक राष्ट्रसँग दुई–दुई खेल खेल्नेछ । नेपालले आफ्नो दोस्रो खेल अक्टोबर ३० तारिख (कार्तिक १३ गते) आयोजक यूएईसँग खेल्नेछ । तेस्रो खेल नोभेम्बर १ तारिख (कार्तिक १५ गते) अमेरिकासँग र चौथो खेल नोभेम्बर ५ तारिख (कार्तिक १९ गते) यूएईसँग खेल्नेछ । लिग–२० शृंखलाअन्तर्गतका खेल ५० ओभरको हुन्छ । लिग–२ प्रतियोगितामा प्रत्येक…
Read More
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँः दुर्गा प्रसाईँ

सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँः दुर्गा प्रसाईँ

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्ने बताएका छन् । ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको पनि उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ।जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्याङ्कन छ। प्रसाईँले थप लेखेका छन्–वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।
Read More
गौशालाको माछा बजारमा शव फेला

गौशालाको माछा बजारमा शव फेला

गौशाला बजारमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । स्थानीय माछा बजारमा आज बिहान एक २५ वर्षीय युवकको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव सर्लाहीको हरिपुर्वा नगरपालिका–९, मिर्चिया बस्ने २५ वर्षीय रामानन्द बैठा रहेको बुझिएको छ । स्थानीयको भनाइअनुसार मृतक बैठा करिब तीन–चार वर्षदेखि गौशालाका विभिन्न होटलमा काम गर्दै जीविकोपार्जन गर्दै आएका थिए । उहाँ केही समय बिरामी रहेको र सोही क्रममा गएराति उहाँको मृत्यु भएको हुनसक्ने…
Read More
आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

आन्तरिक पर्यटकको आकर्षक गन्तव्य ब्रम्हस्थान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थान नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ । ब्रम्हस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा यो क्षेत्र नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको हो । सार्वजनिक बिदा तथा चाडपर्वको समयमा यहाँ आन्तरिक पर्यटकको उपस्थिति उल्लेख्य रहने मध्यविन्दु–३ का पूर्वजनप्रतिनिधि नारायणप्रसाद नेपालले बताउनुभयो । “सामान्य दिनमा २०० जनाको हाराहारीमा आउने मानिसहरु सार्वजनिक बिदाको दिनमा ५०० नाग्ने गर्दछ”, उहाँले भन्नुभयो, “यो तिहारको बेलामा त यहाँ दैनिक एक हजारभन्दा बढीको सङ्ख्यामा मानिस आएका थिए ।” ब्रम्हस्थानको फारम क्षेत्रबाट नारायणी नदीको आकर्षक दृश्य, दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोही,…
Read More