नवरात्रको अन्तिम दिन आज अष्टमी र नवमीः महागौरी र सिद्धिदात्रीको पूजा आराधना
काठमाडौं, २५ असोज । नवरात्रको नवौं तथा अन्तिम दिन आज महाअष्टमी र महानवमी एकसाथ मनाइँदैछ । तिथि घटबढका कारण अष्टमी र नवमीको पूजा एकै दिन परेको हो । अष्टमीको अवसरमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न…