एसइईमा अनुत्तीर्ण ९० हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर
ठमाडौं,३ कात्तिक । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् । सिटिइभिटीको यस निर्णयसँगै एसइईमा अनुत्तीर्ण भएका अर्थात् एनजी समूहमा परेका ९० हजार ८८८ जना विद्यार्थीले यो कोर्सको अध्ययन गर्न पाउने भएका छन् । एनजीमा परेका विद्यार्थीको एक वर्षसम्मको समय खेर नजाओस् भनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जोडबलमा सिटिइभिटीले उनीहरूलाई प्री डिप्लोमा कोर्समा भर्नाको अवसर दिएको हो । प्री डिप्लोमा कोर्स १८ महिनाको हुन्छ । कोर्स अनुसार कुनैमा १२ महिनाको पढाइ तथा छ महिनाको ओजेटी (अन द जब ट्रेनिङ) रहन्छ भने कुनैमा १५ महिनाको पढाइ…