मुख्य चाडबाडमै घट्यो आयात
काठमाडौँ,८ कात्तिक । नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ । दसैँतिहारका लागि खास गरी भदौ र असोजमा धेरै आयात हुने गरेकोमा यस वर्ष असोजमा भने आयात घटेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार गत वर्ष असोजको तुलनामा यस वर्षको असोजमा करिब २० अर्ब रुपियाँले आयात घटेको छ । तथ्याङ्क अनुसार २०८१ असोजमा एक खर्ब २८ अर्ब २१ करोड रुपियाँको वस्तु आयात भएको छ । गत वर्ष असोजमा भने एक खर्ब ४८ अर्ब रुपियाँको वस्तु आयात भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ, असोजमा मात्र होइन चालु आवको तीन महिनामा समग्र आयातनिर्यात नै घटेको छ । चालु आवको साउनदेखि…