अपडेटः नारायणघाट–मुग्लिन सडक एकतर्फी, धादिङ जवाङ खोलाको पहिरो हटाइयो

अपडेटः नारायणघाट–मुग्लिन सडक एकतर्फी, धादिङ जवाङ खोलाको पहिरो हटाइयो

अपडेटः नारायणघाट–मुग्लिन सडक एकतर्फी, धादिङ जवाङ खोलाको पहिरो हटाइयो

गयरातिदेखिको लगातार वर्षाले  नारायणघाट–मुग्लिन सडक खण्ड एकतर्फी छ । तुइन खोलामा विहान पहिरो खसेपछि सवारी रोकिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले पहिरो खसेपछि सवारी साधन रोकिएको जानकारी दिएका थिए । निरन्तरको वर्षाले पहिरो हटाउने काम गर्न कठिनाई हुने सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । अहिले यो सडक खण्ड एकतर्फी संचालनमा रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । वर्षाको बेलामा पूर्व सूचना अनुसार सकेसम्म यो बाटो प्रयोग नगर्न आचार्यले आग्रह गरे । यस्तै मुग्लिन–नागढुंगा सडक खण्डको धादिङस्थित जवाङ खोला नजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारू भैसकेको सडक डिभिजन भरतपुरले…
Read More
चितवन र धादिङमा पहिरो खस्यो, बाटो बन्द

चितवन र धादिङमा पहिरो खस्यो, बाटो बन्द

चितवन र धादिङमा पहिरो खस्दा बाटो बन्द भएको छ ।रातीदेखीको निरन्तरको वर्षाले पहिरो खस्दा चितवनको नारायणघाट-मुग्लिन सडक खण्ड र मुग्लिन-नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको हो । नारायणघाट-मुग्लिन सडक खण्डको तुइन खोला र मुग्लिन-नागढुङ्गा सडक खण्डको धादिङस्थित जवाङ खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले जानकारी दिए ।  
Read More
टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

टी–२० विश्वकपका निम्ति खेलाडी छनोट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएका क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । त्यसैगरी, टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल सुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन…
Read More
राति यात्रा नगर्न सडक विभागको अनुरोध

राति यात्रा नगर्न सडक विभागको अनुरोध

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । साथै विभागले नागढुङ्गा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बिपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । रासस
Read More
मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी

मानव अधिकार आयोगमा एउटा मात्र उजुरी, अनुगमन जारी

राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरस्थित आफ्नो केन्द्रीय कार्यालयसहित देशका ११ वटै कार्यालयमा दसैँ बिदामा पनि उजुरी दर्ता र आकस्मिक घटनामा अनुगमनलाई निरन्तरता दिएको छ । आजसम्म जनकपुर प्रादेशिक कार्यालयमा मानव अधिकार उल्लङ्घन भएको एउटा घटनाको उजुरी प्राप्त भएको र त्यसको तत्काल सोही कार्यालयबाट अनुगमन गरिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले राससलाई जानकारी दिनुभयो । सार्वजनिक बिदा तथा चाडपर्वका बेला सर्वसाधारणको आवतजावतमा कठिनाइ हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुननदिन सरकारको ध्यानाकर्षण गराएको छ । रासस
Read More
‘सम्भावित वर्षासहित विपद्जन्य घटनाबाट जोगिन आग्रह’

‘सम्भावित वर्षासहित विपद्जन्य घटनाबाट जोगिन आग्रह’

जिल्ला प्रशासन कार्यालय, कास्कीले आज शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । कास्की प्रशासन कार्यालयले सम्भावित वर्षाका कारण बाढीपहिरा, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैसँग अनुरोध गरेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै सो कार्यालयले यस किसिमको सूचना जारी गरेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकको जिउधनको सुरक्षालाई दृष्टिगत गरी आगामी सोमबारसम्म अति जरुरी काम नपरी टाढाको दुरीमा र रातिको समयमा…
Read More
भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध

भागेका कैदीबन्दीलाई आश्रय नदिन अनुरोध

भागेका कैदीबैन्दीलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात भदौ २५ गते नवलपरासी कारागारबाट ५४६ कैदीबन्दी भागेका थिए । उनीहरुमध्ये केही कैदीबन्दी कारागारामा फिर्ता ९हाजिर० भइसकेका छन् । भागेका कैदीबन्दीलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनीहरुलाईसमेत कसुरदार ठानी कारबाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालयका जेलर विकल श्रेष्ठले बताउनुभयो । हाजिर नभएका कैदीबन्दीको हकमा कारागार कार्यायलले यही असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताउनुभयो । “उहाँले भन्नुभयो, “असोज २० गतेसम्म हाजिर नहुने कैदीबन्दीलाई कारागार ऐन, २०७९…
Read More
गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल देवघाटको साथै मौलाकालिका मन्दिरसहित अन्य धेरै धार्मिक मठमन्दिरसमेत रहेका उहाँको भनाइ छ । यस नगरपालिकाका प्रमुख धार्मिक, सांस्कृतिकस्थलहरुमा देवघाट, मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, श्रीलक्ष्मी नृसिंह दिव्यधाम, लक्ष्मीनारायण मन्दिर, गैँडाकट्टा शिला, मुकुन्दसेन दरबार, महाबौद्ध गुम्बा, नारायणी नदी र चितवन राष्ट्रिय…
Read More
जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास

जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास

साउन २६ गते गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट विभिन्न कार्यालय खारेज गर्ने र मर्ज गर्ने निर्णय भयो । उक्त निर्णयले देशभर चर्चा पायो । आर्थिक मितव्ययिताका दृष्टिले प्रदेश सरकारको यो निर्णयलाई धेरैले स्वागत गरे । यद्यपि प्रदेश संरचनाप्रति आलोचना रोकिएको छैन । जेनजी प्रदर्शनमा गण्डकीले अन्य प्रदेशको तुलनामा धेरै क्षति व्यहोर्नुपर्‍यो । तथापि, गण्डकीले प्रशासनिक पुनर्संरचना गरेर पहिले नै राष्ट्रियस्तरको सन्देश प्रवाह गर्न भ्याएको छ । गण्डकी सरकारले ३०४ जना कर्मचारीको दरबन्दी कटौती गरिदियो । ९ वटा कार्यालय अब नफर्किने गरी खारेज ग¥यो । ३ वटा ठुला संरचनाको सञ्चालन गर्ने ऐन नै खारेज गरेर हटायो । ३२ वटा कार्यालय १७ वटामा झारेर…
Read More
आज मिति २०८२ साल असोज १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८२ साल असोज १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । भाग्य अनुकुल रहला । जग्गा–जमिन तथा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ । वृषः आज घरमा पाहुनाको सत्कारमा जुटिएला । धर्मकर्म तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने छ । यात्राको पनि संभावना देखिएको छ । मिथुनः मनले चिताएका कामहरु अधुरै रहलान् । शत्रुपक्ष वलवान हुनेछन् । झैझमेलाको स्थिती देखिन्छ । खर्चमा बढोत्तरी हुने सम्भावना छ । अनावश्यक विवादको सम्भावना छ । कर्कटः आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ…
Read More