खैरहनीमा तीज र जितिया गीत प्रतियोगिता : चैनपुर र सङ्वा प्रथम
खैरहनी । खैरहनी नगरपालिकाले हरितालिका तिज तथा जितियाको अवसर पारेर मंगलबार गित प्रतियोगिता आयोजना गरेको छ । संस्कृति सम्बर्द्धन गर्ने उदेश्य सहित तिज र जितियाको छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा गराईएको थियोे । तिज गित प्रतियोगितामा वडा नम्बर २ चैनपुर महिला समुह प्रथम भयो । पंचरती महिला समुह वडा नम्बर ५ दितिय हुंदा पिपरा टोल आमा समुह वडा नम्बर ९ ले तृतीय स्थान हासिल गर्यो । प्रथम ,दितिय र तृतीयले क्रमशः नगद १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङले जानकारी दिइन् । जितिया गित प्रतियोगितामा प्रथम भएको…