सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

सरकारले भन्यो– तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

काठमाडौँ, भदौ १२ – सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको जानकारी गराएका छन् । यद्यपि तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । साथै, परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उनले बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ प्रवक्ता पोखरेलले भने ।
Read More
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने

काठमाडौँ, भदौ १२ – प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
Read More
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्दैछ, उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण

भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाब बढ्दैछ, उच्च सतर्कता अपनाऔं : विपद् प्राधिकरण

काठमाडौँ, भदौ १२ – रसुवाको भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी किनारमा रहेका तथा उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार १० भदौमा ठूलो बाढी आएको भोटेकोशी नदी क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ। भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार तथा राहत कार्यमा खटिएका व्यक्ति र विविध कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत विशेष आग्रह गरिएको छ। प्राधिकरणका…
Read More
प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्

प्रहरीको अलर्ट नोटिस जारी : ताल फुट्यो, सुरक्षित रहनुहोस्

काठमाडौँ, भदौ १२ – तिब्बती क्षेत्रमा पुनः ताल फुटेको भन्दै नेपाल प्रहरीले सचेत रहन भनेको छ । प्रहरीले भर्खरै सूचना जारी गर्दै उद्धारमा खटिएका सुरक्षाकर्मीदेखि सर्वसाधारण सबैलाई तत्काल सतर्क रहन आग्रह गरेकोछ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले पनि चिनियाँ पक्षबाट ताल फुटेको जानकारी आएको बताए । प्रजिअ परियारले अनलाइनखबरसँग भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’ चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ ।
Read More
चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन, भदौ १२- रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, छ बालक र दुई बालिकाको छ । त्यस्तै, ५५ जनाको शरीरका अङ्गहरु भेटिएका छन् । तीमध्ये २२ वटा पहिचान केन्द्रमा लगिएको छ भने बाँकी भरतपुर अस्पतालमा सफा गरेर राखिएको छ । केही शवको नदीमा मुचुल्काको काम भइरहेको उहाँले जानकारी दिनुभयो । तस्बिर खिचिएका शवको…
Read More
भोटेकोसीमा फेरि बाढीको जोखिम, चीनतर्फ बनेको ताल फुट्ने खतरा

भोटेकोसीमा फेरि बाढीको जोखिम, चीनतर्फ बनेको ताल फुट्ने खतरा

काठमाडौं, भदौ १२ – चीनको तिब्बततर्फबाट बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ । तर, जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । त्यो ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ । “चीन सरकारबाट प्राप्त सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणानुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको,” महाशाखाले भनेको छ । अर्को सूचना जारी नहुँदासम्म…
Read More
बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

बाढीको उच्च जोखिमका कारण तिब्बतमा उद्धार कार्य स्थगित

काठमाडौँ, भदौ १२ – नेपाल र चीनको सीमावर्ती क्षेत्र तिब्बतमा गएको भीषण पहिरोपछि बनेको कृत्रिम ताल फुट्ने खतरा बढेसँगै चिनियाँ अधिकारीहरूले उद्धार कार्य तत्कालका लागि स्थगित गरेका छन्। गत बुधबार आएको पहिरो र लेदोसहितको बाढीले नेपाल–चीन सीमास्थित जिरोङ (केरुङ) नाकामा ठूलो क्षति पुर्‍याएको थियो। अधिकारीहरूका अनुसार पहिरोको भग्नावशेषका कारण नदी थुनिएर बनेको तालको जलस्तर लगातारको वर्षाले गर्दा उच्च बिन्दुमा पुगेको छ। उक्त ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रमा थप विनाश निम्त्याउन सक्ने जोखिम बढेको भन्दै चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले उद्धारकर्मीहरूलाई सुरक्षित स्थानमा रहन र अपरेसन रोक्न निर्देशन दिएको जनाएका छन् । बीबीसीका अनुसार यस प्राकृतिक विपत्तिमा…
Read More
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिम

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिम

बेइजिङ, भदौ ११- चिनियाँ जलस्रोत मन्त्रालयले नेपालको छोचेन खोला र पुरेपु साङ्पो नदीको संगमस्थल (दोभान) नजिकै एउटा ठुलो ‘ताल’ बनेको जानकारी दिएको छ । बिहीबार बिहानसम्म सो तालमा २० लाख घनमिटर पानी जम्मा भइसकेको र तालको पानी भरिएर बाहिर बग्न थालिसकेको अनुमान गरिएको छ । यो समाचार चीनको ग्लोबल टाइम्समा प्रकाशित भएको हो । आगामी तीन दिनभित्र सो तालमा थप ३० लाख घनमिटर पानी थपिने अपेक्षा गरिएको छ, जसले गर्दा यो ताल फुट्ने उच्च जोखिम रहेको ‘चाइना सेन्ट्रल टेलिभिजन’ले बिहीबार उल्लेख गरेको छ । समाचारमा मन्त्रालयले यस तालको विकासक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख छ । सम्भावित फुटाइ र आपत्कालीन उद्धार कार्यको…
Read More
रसुवा बाढी : आठ जिल्लामा भेटियो २८९ जनाको शव

रसुवा बाढी : आठ जिल्लामा भेटियो २८९ जनाको शव

काठमाडौं, भदौ ११- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ। दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।
Read More
चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

चितवनमा त्रिशूली–नारायणीमा बगेका शवको खोजी, पहिचान र व्यवस्थापनको तयारी

नारायणगढ (चितवन), भदौ ११- त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउनेलगायत विषयमा विभिन्न निर्णय गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गरिने जानकारी दिनुभयो । अर्यालले भन्नुभयो, “यहाँका अस्पतालमा पनि शव आउने र अस्पतालमा पर्याप्त स्थान नभएकोले व्यवस्थापनका लागि यो स्थान तय गरिएको हो ” उहाँले भोटेकोशी नदीबाट बगेर आएका शव चितवनमा…
Read More