नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध
चितवन,साउन २१– नारायणी नदीमा मिसिने त्रिशूली, कालीगण्डकी लगायतका नदीहरूमा बाढी आएका कारण बिहीबार बिहानैदेखि नारायणगढ क्षेत्रमा नारायणी नदीमा तुलनात्मक रूपमा पानीको सतह केही उच्च देखिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले नारायणी नदीको डुबान हुने क्षेत्रमा आज साँझसम्मै सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । आयोगले त्रिशूली, मर्स्याङ्दी, सेतीगण्डकी, कालीगण्डकी लगायतका नदीहरूमा बाढी बढिरहेको र गण्डकी प्रदेशका पहाडी जिल्लामा आज साँझसम्म थप वर्षा हुने पूर्वानुमान रहेको जानकारी दिएको छ । ुत्यसैले नारायणी नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा साँझसम्मै सतर्क रहनुहोला, जल तथा ऊर्जा आयोगको सचिवालयले बिहीबार बिहान पाँच बजे नै मोबाइल फोनहरूमा पठाएको एसएमएसमा उल्लेख छ।…