असी करोड आठ लाख राजस्व सङ्कलन
हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा रु आठ करोड ८६ लाख १० हजारले बढी हो । यसैगरी चालु आवको पहिलो छ महिनामा अन्तशुल्कतर्फ रु एक अर्ब ८८ कारेड ६४ लाख ८७ हजार, आयकरतर्फ रु ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करतर्फ रु २७ करोड ७३ लाख दुई हजार, ब्याजकरतर्फ रु…