राप्तीका दुई वटा छात्राबासको सामाजिक परीक्षण
राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिकामा सञ्चालित दुई वटा छात्राबासको मंगलबार सामाजिक परीक्षण गरिएको छ । सीमान्तकृत समुदायका बालबालिकालाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्न सञ्चालित छात्राबासको आम्दानी खर्च र उपलब्धि सार्वजनिक गर्न सामाजिक परीक्षण कार्यक्रम गरिएको हो । हिमालयन लाइफ चितवनले राप्ती नगरलिकाको विकट क्षेत्र वडा नं १० मा स्वामिटर छात्राबास र वडा नं ११ मा थाकलटार छात्राबास सञ्चालन गरिरहेको छ । दुई वटा छात्राबासमा चेपाङ समुदायका १५१ जना बालवालिका आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् । राप्ती नगरपालिकाका मेयर शमशेर लामा प्रमुख अतिथि रहेको सो कार्यक्रममा सह निर्देशक कमला सुवेदीले प्रगति प्रतिवेदन तथा लेखापाल समिता मोक्तानले आर्थिक प्रतिवेदन…