नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

काठमाडौँ,२७ असोज । धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो । ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रुपमा राखिएको थियो । तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ ।…
Read More
लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

काठमाडौं, २७ असोज । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ । ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
Read More
नेपाली सेनालाई स्वर्ण पदक

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौँ, २७ असोज । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ । दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित…
Read More
आज २०८१ साल असोज २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २७ गते आइतवार, यस्तो छ तपाईको राशिफल

चितवन, २७असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ । कर्कट…
Read More
आज २०८१ साल असोज २६ गते शनिवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २६ गते शनिवार, यस्तो छ तपाईको राशिफल

चितवन,२६असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ । कर्कट (हि,…
Read More
संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ

संरक्षण सुरु भएपछि फेरि देखिन थाले चर्खे पिङ

बागलुङ,२६ असोज  । बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दसैँमा चर्खेपिङ हालियो । खर्चिलो, युवाशक्तिको अभावमा लोप भइसकेको चर्खेपिङ पूर्ववडाअध्यक्ष राज जिसीले आफ्नै फर्निचर उद्योगमा तयार पारी चर्खेपिङ हाल्नुभएको हो । पन्ध्र वर्ष अघिसम्म दसैँमा सिगानामा मात्रै तीनदेखि चार वटा चर्खेपिङ हाल्ने चलन थियो । चर्खेपिङप्रति त्यो समयमा आकर्षण पनि उत्तिकै थियो । तर त्यसयता भने चर्खेपिङ हाल्ने चलन हराउँदै गएको थियो । तर यसपटक भने जिसीको सक्रियतामा चर्खेपिङ फर्किएको छ । लिङ्गे पिङ हाल्दै आएकोमा यसपटकदेखि चर्खेपिङ संरक्षण गर्न र पछिल्लो पुस्तालाई पिङको महत्व बुझाउन पनि चर्खेपिङ हालिएको जिसीले बताउनुभयो । रु तीस हजार लागतमा चर्खे पिङ तयार…
Read More
दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु

काठमाडौँ,२६ असोज । “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने । दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण…
Read More
टीकाकाे शुभसाइत ११:३६ बजे

टीकाकाे शुभसाइत ११:३६ बजे

चितवन । आज बडादसैंकाे मुख्य दिन । मान्यजनबाट टीका र जमरालगाएर आर्शिवाद लिने गरिन्छ । टीकाकाे साइत विहान ११:३६ बजे उत्तम रहेकाे जनाइएकाे छ । विजया दशमी / देवी विसर्जन पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद ॐ आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।। सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद ॐ जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।
Read More
आज बडा दर्सैको मुख्य दिन : टीका र जमरा लगाइँदै

आज बडा दर्सैको मुख्य दिन : टीका र जमरा लगाइँदै

काठमाडौँ । दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । 'राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन…
Read More
नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

नौ महिनामा मुस्ताङमा एक लाख पर्यटक

म्याग्दी,२५ असोज । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । हालसम्म एक लाख पाँच हजार ६९८ जना विदेशी पर्यटक मुस्ताङ आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को इलाका संरक्षण कार्यालयले जनाएको छ । असोज २० गतेसम्म ९० हजार ८१ जना सार्क राष्ट्रका र १५ हजार छ सय १७ जना तेस्रो मुलकका पर्यटक मुस्ताङ घुम्न आएका हुन् । सन् २०२३ मा एक लाख २१ हजार तीन सय ५२ जनाले भ्रमण गरेका थिए । उक्त कार्यालयका अनुसार गत बुधबारसम्म दुई हजार आठ सय ९६ जना पर्यटक भित्रएिका थिए । आठ हजार तीन सय ९७ जना…
Read More