ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

२२ असोजमा गुण्डुमा बसेको एमाले जनसंगठनसम्बद्ध पदाधिकारी र कार्यकर्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले र्‍याली र जुलुसका लागि तयार रहन निर्देशन दिएका छन् । मुलुकको परिवर्तित अवस्थालाई मध्यनगर गर्दै सबै संगठनहरूलाई चुस्त र दुरुस्त राख्न ओलीले निर्देशन दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार बुधबार ओलीले हालको गुण्डुस्थित निवासबाट २२ वटै जनसंगठनका पदाधिकारी र उपलब्ध भएका कार्यकर्तालाई बोलाएका थिए । उनीहरूमाझ ओलीले ‘आफूले विषम परिस्थितीमा नेतृत्व छाडेर त्यसै हिँड्न नमिल्ने’ बताएका थिए । उनले पार्टीलाई अप्ठ्यारो परिस्थितिबाटै यहाँसम्म ल्याएको दृष्टान्त दिँदै जस्तोसुकै अवस्थामा पनि राष्ट्रिय शक्ति एक भएर अघि बढ्नुको विकल्प नभएको तर्क गरेका थिए । ओलीले…
Read More
दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

दुई महिनामा साढे छ करोड भन्सार छलीका समान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको दुई महिनामा भन्सार छलीका रु छ करोड ६८ लाख ८१ हजार मूल्य पर्ने विभिन्न थरिका सामान बरामद गरेको छ । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले साउन र भदौ महिनामा भन्सार छली गरेर भित्रिएका रु चार करोड ३३ लाख ५७ हजार पाँच सय ६८ मूल्य पर्ने सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेको छ । त्यस्तै साउन र भदौ महिनामा विलविजकभन्दा बढी सामान भएका रु दुई करोड ३५ लाख २३ हजार पाँच सय ८२ मूल्य पर्ने सामान पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले आव २०८१/८२ को…
Read More
दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

दश वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको हो । प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताउनुभयो । घटनापछि अनुसन्धानका क्रममा पक्राउ पेरका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।…
Read More
जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् । घरमा समेत लुटपाट, आगजनी र तोडफोड…
Read More
प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

कोशी प्रदेश सरकारले केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो । विपद्मा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै आजको परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नको लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले…
Read More
हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ: महेश बस्नेत

नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ ।’  
Read More
मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खला नेपालले जित्यो

मलेसियाविरुद्धको महिला टि–ट्वान्टी अन्तराष्ट्रिय शृङ्खला नेपालले जितको छ । मलेसियाको बायोमास क्रिकेट ओभल मैदानमा आज सम्पन्न पाँचौँ तथा निर्णायक खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेसँगै नेपालले पाँच खेलको उक्त शङ्खला जितेको हो । यस जितसँगै नेपालले पाँच खेलको शृङ्खला ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । यसअघिको खेलमा मलेसिया तीन र १३ रनले विजयी हुँदा यता नेपालले दुवै खेलमा ६ विकेटको जित हासिल गरेको थियो । मलेसियाले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पच्छाएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि रुवि पोदारले २६, पूजा महतोले २३, रुविना क्षेत्रीले अविजित १५ तथा सम्झना खड्काले १३…
Read More
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गर्नुभयो । निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न…
Read More
क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

क्षतिग्रस्त सडक पुनर्निर्माणमा १२ अर्ब लाग्ने, अवरुद्ध सडक सञ्चालन सरकारको पहिलो प्राथमिकतामा

सरकारले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त सडक संरचना पुनर्निर्माण गर्न रु १२ अर्ब ३८ करोड लाग्ने जनाउँदै अवरुद्ध सडक सञ्चालनलाई पहिलो प्राथमिकता दिएको बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मनसुनजन्य विपद्बाट क्षतिग्रस्त मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि रु १० अर्ब ६८ करोड लाग्ने अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बाढिपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेका बताउनुभएको छ । यथाशक्य चाँडो अवरुद्ध सडक सञ्चालन गर्न उपकरणसहितका जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभएको छ । हालैको बाढीबाट मेची…
Read More
राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन  :शंकर पोखरेल

राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन :शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज बिहान सामाजिक सञ्जालमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढेर गएको बताएका छन्। उनले  सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। ‘राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन्, तर सामना गर्नुको विकल्प छैन।  
Read More