मुसहर बस्तीमा थप २० घरघुरीमा सुधारिएको चुलो
रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ७ स्थित दुई वटा मुसहर बस्तीमा थप २० घरधुरीमा आइबार सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मुसहर समुदायमा वनप्रतिको निर्भरता हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षाको लागि मालपुर र सिसुवार बस्तीमा सुधारिएको चुलो वितरण गरेको हो । केही समय अघि ३० घरधुरीलाई चुलो वितरण गरिएकोमा आइतबार थप २० घरधुरीलाई सुधारिएको चुलो प्रदान गरिएको हो । वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा सदस्य राजु आचार्य र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले सुधारिएको चुलोले महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असर कम हुने विश्वास…